• शुक्रबार, भाद्र २६ २०८३

गोरखाकाे सरस्वती र जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ पढाई हुने


आइतबार, साउन २९ २०७९
1.4K
Shares

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका ७ बाेर्लाङ्गकाे सरस्वती मावि र सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ पढाई हुने भएको छ । गोरखामै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि ठूला शहर धाउनुपर्ने बाध्यता हट्ने भएकाे छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् टेक्स महाशाखाले विद्यालयलाई (सिटिईभिटि) को सिभिल ईन्जिनियरिङ (तिन बर्षे डिप्लोमा) संचालनको स्वीकृती दिएको हो ।

दुवै विधालयका लागि यस वर्ष ४८ जनाको कोटाका लागि अनुमती दिएको प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाका निर्देशक रामहरी देवकोटाले जानकारी दिए ।

गत साउन १२ गते बसेको महाशाखाको बैठकले ३० वटा शर्तहरु पुरा गर्ने निर्णय गरी संचालनको लागी अनुमती दिएको हो । विद्यालय शिक्षालाई असर नपर्ने गरी आफ्नै स्रोत साधनबाट प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद्को नियम भित्र रहेर गतिविधी संचालन गर्नुपर्ने शर्तमा उल्लेख छ ।

विद्यालयले गत असार ३० कक्षा सञ्चालनको लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निवेदन दिए अनुसार महाशाखाले स्वीकृती दिएको जनशक्ती माध्यामिक विद्यालयका प्राधानाध्यापक चिरञ्जिवी काप्रीले बताए ।

यता सरस्वती माविलाई बहुप्राविधिक विद्यालयको रुपमा संचालन गर्ने योजना रहेको वडा अध्यक्ष नारायण श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार