काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने बताएका छन् ।
शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरससँग लड्न सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको बताए ।
शनिबार बिहान ११ : ३० देखि अपरान्ह ३ः ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म भिडियो कन्फरेन्स सञ्चालन भएको थियो ।
उक्त कन्फरेन्समा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।