
हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

देशभर बदली रही आज शुक्रबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


