
झापा । झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राई रहेका छन्।
बिहीबार बेलुका शिवसताक्षी–९ स्थित कन्काई नहरमा पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो।
इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


