• शुक्रबार, भाद्र २६ २०८३

आज गाईजात्रा पर्व मनाइँदै


शुक्रबार, साउन २७ २०७९
805
Shares

ufO{hfqfsf] cj;/df gfr k|bz{g ag]kf, #! ;fpg -/f;;_ ufO{hfqfsf] cj;/df z'qmaf/ sfe|]knf~rf]ssf] w'lnv]n ahf/df gfr k|bz{g ub}{ . t:jL/ M k]df nfdf

आज (शुक्रबार) देशभर गाईजात्रा पर्व मनाईंदै छ। भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, पाटनसहितका नेवार समुदायमा यो पर्व मनाइन्छ।
वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ।

गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ।गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ।

राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुती पाइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार