• शुक्रबार, भाद्र २६ २०८३

आजबाट ‘सुपर डान्सर नेपाल’ प्रसारण हुँदै


बिहिबार, साउन २६ २०७९
725
Shares

चर्चित फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ आज बिहीबारदेखि प्रसारण हुने भएकाे छ।

कान्तिपुर टेलिभिजनबाट यो शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रसारण हुने बताइएको छ। 

भूषण दाहालले निर्देशन गर्ने शोको निर्णायकमा अभिनेता भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन्।

यस कार्यक्रममा कविता नेपाली र विल्सनविक्रम राई हाेस्ट रहेका छन्। 

केही समयअघि काठमाडौं, इटहरी पोखरा, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन भएको थियो। नेपाल बाहिर रहेका नेपाली भाषीलाई पनि समेट्ने उद्देश्यले डिजिटल अडिसन गरेको व्यवस्थापक रश्मी अग्रवालले बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार