• शुक्रबार, भाद्र २६ २०८३

गण्डकीका अध्यक्षद्वारा पहिलो महिनाको सेवा सुविधाको रकम विद्यालयलाई प्रदान


बिहिबार, साउन २६ २०७९
670
Shares

गोरखा । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाद्वारा आफ्नो पहिलो महिनाको सेवा सुविधा वापत प्राप्त रकम गाउँपालिकाकै एक विधालयलाई प्रदान गरेको छ।

अध्यक्ष तिमिल्सिनाले आफुले जनप्रतिनिधि भएपछि प्राप्त गरेको पहिलो महिनाको सेवा सुविधा वापतको रकम ३६ हजार २ सय रुपैयाँ घ्याल्चोक स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयलाई बुधबार प्रदान गरेको हो।

निर्वाचनको बेला शिक्षालाई प्रथामिकता दिने भनेर आफूले जनतालाई बचन दिएकाले भत्ता तथा सेवा सुविधा मार्फत प्राप्त रकम विद्यालयलाई दिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

उनले निर्वाचनको बेला गाँउपालिका भित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेका थिए, त्यसैले निर्वाचन पश्चात कार्यसमिति सँग छलफल गरेर भत्ता तथा सेवा सुविधा मार्फत प्राप्त भएको रकम विद्यालयलाई दिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

यस्तै अध्यक्ष तिमिल्सिनाले उपलब्ध गराएको रकम विद्यालको शैक्षिक गुणस्तर वृद्विमा खर्च गरिने विद्यालयका प्रध्यानाध्यापक डिबी गुरुङले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार