• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा लागू औषध सहित २ जना पक्राउ


बुधबार, साउन २५ २०७९
1.1K
Shares

गोरखा। लागू औषध सहित गोरखाबाट २ जना पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार बेलुकी ८ बजे शहिदलखन गाउपालिका ३ को एक होटेलबाट लागू औषध सहित २ जनालाई पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा आँबुखैरेनी गाउपालिकाका ३२ वर्षीय उमेश श्रेष्ठ र सोही ठाउका ३२ वर्षीय युवराज गुरुङ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट डाईजेपाम ४८ थान, नोफीन एम्पुल ४८ थान, फेरागन एम्पुल ४८ थान र सिरिन्ज ५ थान लागू औषध बरामद गरेको छ।

पक्राउ परेका अभियुक्तलाइ बुधवार प्रहरीले जिल्ला अदालत गोरखामा उपस्थित गराएको डिएसपी लिलाराज लामिछानेले बताए ।

उनीहरूलाई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार