• आइतबार, भाद्र २१ २०८३

देशभर थपिए ८६८ कोरोना संक्रमित, तीनको मृत्यु


बुधबार, साउन २५ २०७९
730
Shares

पछिल्लो २४ घन्टामा देशभर ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६८ जनामा संक्रमण पुष्टि भएको हो। 

६ हजार ७०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

तीन हजार ६१४ जनाको पिसिआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८८५ जना सक्रिय संक्रमित छन्।

४१४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार