• शुक्रबार, भाद्र २६ २०८३

एकै परिवारका ३ जना मृत अवस्थामा फेला


बुधबार, साउन २५ २०७९
670
Shares

बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। 

२२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका– ९ का वडाध्यक्ष हरिशबहादुर सिंहले जानकारी दिए।

मृतक बालिकाको भने नाम खुलेको छैन। इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ।

‘स्थानीय प्रहरी घटनास्थल पुगेको छ, जिल्लाबाट पनि टोली गइरहेको छ,’ उनले भने, ‘घटना बारे थप खुल्न बाँकी छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार