zzzzinte1Argentina's centre Federico Martin Aramburu scores Argentina's third try during the rugby union World Cup third place final match France vs. Argentina, 19 October 2007 at the Parc des Princes stadium in Paris. AFP PHOTO / PAUL ELLISzzzz

काठमाण्डौ आठ पटकका जिउजित्सु विश्व च्याम्पियन लियान्द्रो लोको गोली हानी हत्या गरिएको छ ।
ब्राजिलियन खेलाडी लियान्द्रोमाथि ब्राजिलको साओ पाउलोको एक क्बलमा गोली प्रहार भएको उनका वकिललाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
वकिल इभा सिक्विरी जुनियरले बताए अनुसार लियान्द्रो बसिरहेको टेबल नजिकै आएर आक्रमणकारीहरुले उनलाई तर्साएपछि लियान्द्रोले दुबैजनालाई भुइमा लडाएका थिए ।
त्यसपछि लियान्द्रोले उनीहरुलाई भुइबाट उठ्न मदत समेत गरेका थिए । तर सोही समयमा एकजनाले बन्दुक निकाल्दै उनको टाउँकोमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।
लियान्द्रोलाई अस्पताल लगिएपनि उनलाई मृत्त घोषित गरिएको थियो । ३३ वर्षीय लियान्द्रोमाथि गोली प्रहार गरेको आरोपमा एक ड्युटीमा नरहेका प्रहरीलाई पक्राउ गरेको छ ।


