• शनिबार, साउन ९ २०८३

कोरोना कहर : सिरानचोकमा भिडियो ‘मिटिङ’, ३० लाखको कोष बनाउने निर्णय


शनिबार, चैत्र २९ २०७६
1.5K
Shares

गोरखा । सिरानचोक गाउँपालिकाले भिडियो मार्फत कार्यपालिका बैठक सम्पन्न गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सिरानचोकले शुक्रबार भिडियो मार्फत कार्यपालिका बैठक गरेको हो ।

कोरोना भाइरसको रोकथाम र संक्रमण फैलिन नदिन भन्दै भिडियो बैठकबाट गाउँपालिकाले यसअघि सबै वडामा निर्माण गरेको १ सय ५२ कोरोना प्रतिकार्य समुह र ६ सय ८ जना स्वयमसेवकलाई प्रभावकारी र सावधानीपूर्वक परिचालन गर्नेबारे छलफल भएको अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकबाट गाउँपालिकामा ३० लाखको कोरोना रोकथाम नियन्त्रण रोकथाम तथा उपचार कोष स्थापना गर्ने निर्णय भएकोले अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाले स्थापना गरेको सो कोषमा पालिकाभित्रका बिभिन्न विद्यालयका ३ सय ८६ शिक्षकले एक दिनको तलब जम्मा गर्ने प्रतिवद्धता आएको समेत उनले जानकारी दिए ।

यसअघि बैक मार्फत सामािजक सुरक्षा भत्ता प्रदान गर्दै आएको गाउँपालिकाले यस पटक भने वडा कार्यलय मार्फत समाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै राहत वितरण कार्यलाइ व्यवस्थित गर्न वडामा रहेका सबै सरोकारपक्ष सग छलफल गरी अघि बढ्ने निर्णय समेत भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार