• शुक्रबार, भाद्र २६ २०८३

एनसेलको नाम दुरुपयोग गरी फेसबुकमा झुक्याइँदै, निजी विवरण नदिन कम्पनीको अनुरोध


मंगलबार, साउन २४ २०७९
950
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन समेत दुरुपयोग भएको प्रति ध्यानाकर्षण जनाएको छ ।

कम्पनीको साख दुरुपयोग गर्दै विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै भ्रामक प्रचार भएपछि कम्पनीले सजग रहन आग्रह गरेको हो ।

“त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिङ्कमा क्लिक गरी आफ्ना व्यक्तिगत विवरण नदिन हुन अनुरोध गर्दछौँ,” कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै भनेको छ, “यस्ता अनधिकृत रूपमा सञ्चालित पेज, लिङ्क वा वेबसाइटका भ्रामक प्रचारमा विश्वास गर्दा आफ्ना व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट ह्याक हुने जस्ता जोखिम रहन्छन् ।”

एनसेलले आधिकारिक रूपमा उपलब्ध गराएको सूचना वा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास गर्न समेत कम्पनीले अनुरोध गरेको छ । टेकपानाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार