• शनिबार, साउन ९ २०८३

काेराेनाबाट मर्नेकाे संख्या एक लाख नाघ्यो, १७ लाखमा संक्रमण


शनिबार, चैत्र २९ २०७६
950
Shares

कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख नाघेको छ भने संक्रमित १७ लाख पुग्न लागेका छन्।

नेपाली समय अहिले शनिबार बिहान ६:१० बजेको तथ्यांक (वर्ल्डओमिटर) अनुसार कोरोनाका कारण विश्वभर मृत्यु भएकाको संख्या अहिलेसम्म १ लाख २ हजार ६ सय ८७ पुगेकाे हाे। यसैगरी यसबाट संक्रमितको संख्या १६ लाख ९७ हजार ५ सय ३३ पुगेकाे छ।

यसैगरी ३ लाख ७६ हजार १ सय ९ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

कोरोनाको चपेटामा सबैभन्दा बढी अमेरिका, इटली र स्पेन परेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार