• शुक्रबार, भाद्र २६ २०८३

फिल्म ‘माइकल अधिकारी’काे ‘छुक छुक रेल गाडी’ गीत सार्वजनिक (भिडिओ)


मंगलबार, साउन २४ २०७९
720
Shares

अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’को गीत सार्वजनिक भएको छ।

सोमबार ‘छुक छुक रेल गाडी’ बोलको गीत सार्वजनिक गरिएको हो। कमल राईले कोरियोग्राफी गरेको गीतमा सौगात र सृष्टिलाई देख्न सकिन्छ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शैलेश कंडेल क्षेत्रीको शब्द रहेको गीतमा रेवन सिंहले संगीत भरेका छन्। 

फिल्ममा पैसाको प्रलोभनमा परी ‘सरोगेसी’ अर्थात् कोख भाडा दिएर बच्चा जन्माउने दम्पतीको कथा देखाइएको छ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन्। निर्देशक रौनियारको कथा रहेको फिल्ममा पटकथा तथा संवाद शैलेश कँडेलको छ।

फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियारलगायत कलाकारको अभिनय छ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन इलाम र झापामा गरिएको छ। यो फिल्मलाई मित्र डि गुरूङले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार