• शनिबार, साउन ९ २०८३

भारतमा एकै परिवारका ८ नेपालीमा कोरोना संक्रमण देखियाे


शनिबार, चैत्र २९ २०७६
1.2K
Shares

भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ।

मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन्। तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार