• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा पुस्तकालय व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सुरु


मंगलबार, साउन २४ २०७९
1.3K
Shares

गोरखा। एकिकरण नेपाल गोरखाको आयोजनामा साेमबारदेखि गोरखामा पुस्तकालय व्यवस्थापन सम्बन्धि २ दुई दिने आधारभुत तालिम सुरु भएको छ ।

रुम टु रिडका आर्थीक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरुसङ्गको सहकार्यमा पुस्तकालय व्यबस्थापन तालीम सुरु भएको हो ।

२ दिन सम्म सञ्चालन हुने तालीम पुस्तकालयको परीभाषा महत्व, व्यबस्थापन, वालमैत्री, पुस्तकालय ब्यबस्थापन तथा प्रयोगको वारेमा छलफल हुने रुम टु रीडको साक्षरता अधिकृत तथा प्रमुख प्रशिक्षक एल बी खनालले बताए ।

कार्यक्रममा सहिद लखन गाउपालीकाको अध्यक्ष रमेश बाबु थापा मगरले पुस्तक र पुस्ताकलयका महत्व दीन प्रति दिन बढ्दै गएको बताए ।

सिरानचोक गाउपालीकाकाे अध्यक्ष ज्ञानेन्द्र गुरुङले तालिममा सिकेका कुराहरु विद्यालयमा गएर अन्य शिक्षकहरुलाई पनि सिकाएर ज्ञान र व्यवस्थापनको दायरा बढाउन अनुरोध गरे ।

एकिकरण नेपाल गोरखाको कार्य समिति सदस्य सीताराम तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिको अध्यक्षदय थापा मगर, गुरुङ, एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा, रुम टु रीडको फिल्ड कार्यक्रम व्यवस्थापक शुशिल तिम्सीना लगायतले मन्तव्य राखेका थिए ।

यो कार्यक्रम जिल्लाको गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा संचालन भईरहेको छ ।

यो कार्यक्रम जिल्लाको गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा संचालन भईरहेको छ । तालिममा सिरानचोक र शहिद लखन गाँउपालिका गरि २५ जना सहभागी रहेको एकिकरण नेपाल गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार