
पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९ मा आज सोमबार बेलुका ५ बजेतिर पहिरो खसेपछि यो सडक खण्ड अवरुद्ध भएको हो।
लेदोसहितको ठूलै पहिरो खसेकाले पहिरो पन्छाएर गाडी सञ्चालन गर्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने गाडी बीच बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।


