• सोमबार, भाद्र १ २०८३

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस


शनिबार, चैत्र २९ २०७६
880
Shares

नेपाल प्रहरीका १० जना एसएसपीलाई डीआईजी अर्थात् प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ।

शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआईजीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिएका हुन्।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका हुन्।

वरीयता क्रमअनुसार घनश्याम अर्याल पहिलो नम्बरमा सिफारिस हुँदा प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा क्रमशः सिफारिसमा परेका छन्।

धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार