• सोमबार, भाद्र १ २०८३

एकैदिन ९३४ जनामा कोरोना पुष्टि, एकको मृत्यु


सोमबार, साउन २३ २०७९
675
Shares

काठमाडौं । एकैदिन थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६२ र एन्टिजेनबाट २४८९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टिजेनबाट ४३६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४७० जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६८६ पुगेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार