• आइतबार, साउन १० २०८३

कोरोना महामारीबारे बन्यो चलचित्र


शुक्रबार, चैत्र २८ २०७६
910
Shares

अहिले विश्वभर महामारी बनिरहेको कोरोना भाइरसबारे चलचित्र बनाइएको छ।

क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) चलचित्र निर्माण गरेका हुन्।

गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन्।

लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ।

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार