• शुक्रबार, भाद्र २६ २०८३

यस्तो छ आजको सुनको मुल्य


सोमबार, साउन २३ २०७९
1.3K
Shares

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार