
गोरखा। गोरखा टेलरिङ व्यवसायी संघले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
गत बैशाख ३० गते सम्पन स्थानीय तहको निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिहरुलाई संघले शनिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।


कार्यक्रममा बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थीती रहेको सट्ठथाका महासचिव बिकासबाबु परियार जानकारी दिए ।
ले सोही कार्यक्रमको अवसरमा जिल्ला कार्यसमिति गोरखाले आफ्नो व्यवसायिक सदस्यहरुलाई व्यवसयामा टेवा पुग्ने उद्देश्यले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरिएको थियो । तालिममा जिल्लाभरिका टेलरिङ व्यवसायीहरु सहभागी छन् ।
गोरखा टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका अध्यक्ष गोपाल परियारको प्रमुख अथित्यतामा भएको कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष सदिस श्रेष्ठ, महासंघका महासचिव पूर्ण महर्जन, सचिव सोमबहादुर अछामी, नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका बाग्मती प्रदेश संयोजक धिपेन्द्र काररन्जित, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, उप–प्रमुख लीला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरलगायतले मन्तव्य राखेका थिए ।


