• शनिबार, साउन ९ २०८३

बलिउड अभिनेत्री जोआ मोरानीका दिदी बहिनीमा देखियो कोरोना


शुक्रबार, चैत्र २८ २०७६
970
Shares

बलिउड अभिनेत्री जोआ मोरानी कोरोना भाइरस (कोभिड १९)को संक्रमित भएको पुष्टि भएको छ।

जोआ र उनकी बहिनी शजा मोरानी कोरोना संक्रमित भएको पुष्टि भएको हो। उनीहरु दुवै चेन्नई एक्सप्रेसका निर्माता करिम मोरानीका छोरी हुन्।

शजा मार्चको पहिलो हप्ता श्रीलंकाबाट भारत आएकी थिइन्। उनमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनका पिता करिम मोरानीले जानकारी दिएको भारतीय सञचारमाध्यमले जनाएका छन्।

परिवारिक स्रोतका अनुसरा मार्च १५ मा राजस्थानबाट घर आएकी जोआको पनि रिपोर्ट पोजेटिभ देखिएको हो। जोआलाई उपचारका लागि कोकिालबेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गििरएको छ भने शजालाई नानावती अस्पतालमा भर्ना गरिएको छ।

परिवारका सबै सदस्यलाई अहिले घरमै क्वारेन्टिनमा राखिएको छ। उनीहरुको दुईदिनपछि दोस्रो नमूना परीक्षण गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार