• मंगलबार, साउन १२ २०८३

गोरखामा कोरोना संक्रमण बढेको बढ्यै, सक्रिय संक्रमितको संख्या ४० पुग्यो


सोमबार, साउन २३ २०७९
705
Shares

गोरखा । गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार आइतबार ५ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार १५ जनाको एन्टिजेन परिक्षणमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा अस्पतालमा दुईजना महिला र एकजना पुरुष, पालुङटार नगरपालिकामा दुईजना महिलामा कोरोना पुष्टि भएको हाे । योसँगै गोरखामा हालसम्म कोरोनाको संक्रिय संक्रमतिको संख्या ४० पुगेको छ । उनीहरुमध्ये २२ जना निको भइसकेको छन् ।

हाल गोरखा नगरपालकामा १२ जना, सिरानचोकमा ६ जना, पालुटारमा ७ जना, शहिदलखन गाउपालीकामा ५ जना, आरुघाट गाउपालीकामा ५ जना, अजिरकोट गाउपालीकामा ४ जना र भीमसेन थापा गाउपालीकामा १ जना कोरोनाको सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आइतबार ८ जना संक्रमित निको भएको छ भने गोरखामा हालसम्म कोरोनाको संक्रिय संक्रमतिको संख्या ४० पुगेको छ । गोरखामा हाल चेक गरिएका मध्य ३३ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार