• मंगलबार, साउन १२ २०८३

यारुबगर पहिरोमा घाइते भएका पुरुषकाे उपचारको क्रममा मृत्यु


आइतबार, साउन २२ २०७९
660
Shares

गोरखा। जिल्लाको धार्चे १ यारुबगर पहिरोमा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा शनिबार राती पुलसिङ गुरुङको निधन भएको हो ।

चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न सामग्री पुर्‍याएर फर्केका धार्चे ७ भीरकुनाका ३७ वर्षीय गुरुङ घाइते भएका थिए ।

गत शुक्रबार घाइते भएका गुरुङ सोहि दिन चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौँ पु¥याइएको थियो । तर उनको काठमाडौ उपचारको क्रममा हिजो राती निधन भएको गाउँपालिकाका अध्यक्ष लामा बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार