• शुक्रबार, भाद्र २६ २०८३

ट्राफिक प्रहरीले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउने


आइतबार, साउन २२ २०७९
955
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो । 

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताए ।

उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिए पनि कोरोनालगायत कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाउन लागेको बताए। 

सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको उनको भनाइ छ । सवारी चालकहरूले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको उनले बताए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् । उनले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् । 

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार