• शुक्रबार, भाद्र २६ २०८३

इजरायलको आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुसहित २४ जनाको मृत्यु


आइतबार, साउन २२ २०७९
1.6K
Shares

इजराइलको हमलामा गाजामा हालसम्म २४ प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी प्रशासनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूलाई निशाना बनाएको छ ।

मृत्यु हुनेमा पीआईजेका नेता तैसिर जबरीसहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् ।

यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार प्रहार गरिएको छ । तीमध्ये करिब ७० वटा इजरायलसम्म नपुगिकन गाजा पट्टीमा नै खसे ।

इजरायलले पीआईजेको धम्कीलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको जनाएको छ । मे २०२१ मा ११ दिनको लडाइँपछिको इजरायल र गाजाबीचको यो सबैभन्दा गम्भीर भिडन्त हो । मे महिनामा २०० प्यालेस्टिनी र इजराइलका दर्जनौँको मृत्यु भएको थियो ।

इजरायली सेनाले  ‘ब्रेकिङ डन’ नामको यो अपरेशन एक सातासम्म चल्न सक्ने चेतावनी दिएको छ ।

इजरायलका अनुसार गाजामा हवाई हमला गर्नुका साथै कब्जा गरिएको वेस्ट बैंकबाट छापा मारेर पीआईजेका करिब १९ सदस्यलाई पक्राउ गरिएको छ ।

टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, ‘इजरायलले आतंकवादविरुद्ध सशक्त अभियान सुरु गरेको छ । यस्तो नगरिएको भए खतराले छिट्टै नै ढोका ढक्ढकाउन आइसक्थ्यो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार