
नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सय रुपयाँले घटेको छ।

आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ।
आज चाँदी १ हजार २०५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।


