• मंगलबार, साउन १२ २०८३

गोरखामा ६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४३ पुग्यो


आइतबार, साउन २२ २०७९
670
Shares

गोरखा। पछिल्लो समय गाेरखामा कोरोना संक्रमण बढेको छ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार (शनिवार) ६ जनामा संक्रमण पुष्टि भएको हो। 

सबैभन्दा धेरै गोरखा नगरपालिकामा १२ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।

पालुङटार नगरपालिकामा ८ जना, सिरानचोक र आरुघाटमा ६/६ जना, शहीदलखनमा ५ जना,अजिरकोटमा ४ जना, भिमसेन थापामा २ जनालाई संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

यी मध्ये १ जना कोभिड अस्पतालका उपचाररत छन् भने अन्य होम आइशोलेसनमा छन् ।
यस्तै १४ जना कोरोनामुक्त भएका छन्। हाल ४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार