गोरखा । यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले गोरखासहित गण्डकी प्रदेशभर आज आइतबार आह्यावान गरिएकाे यातायात सेवा बन्द फिर्ता लिइएकाे छ ।
सरकारले कर बढाएको बिरोधमा गण्डकी प्रदेशभर आईतवारदेखि यातायात सेवा बन्द महासंघले निर्णय गरेको थियो ।
तर शनिबार हिजाे राती यातायात व्यवसायीहरुको माग पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएसँगै आइतबार प्रदेशभरी यातायात सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको दरौँदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।
योसँगै गोरखा भएर अन्यत्र जाने र गोरखा भित्रने कुनैपनि सवारी साधन नरोकिने उनले बताए । गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुईसय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवशायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका थिए ।