• शनिबार, साउन ९ २०८३

काँग्रेस नगर समितिले दियो गोरखा नगरपालिकालाई १ लाखको खाध्य सामाग्री


शुक्रबार, चैत्र २८ २०७६
1K
Shares

गोरखा । नेपाली काँग्रेस गोरखा नगर समितिले गोरखा नगरपालिकालाई खाध्य सामाग्री सहयोग गरेको छ ।

लकडाउनमा विपन्न वर्गको जनजिवन प्रभावित बनेको भन्दै काँग्रेस नगर समितिले नगरपालिका मार्फत १ लाख १ हजार बराबरको खाध्य सामाग्री सहयोग गरेको हो ।

सामाग्री शुक्रबार नगरसभापति चन्दनबाबु खत्रीले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका छन् । सहयोग सामाग्रीमा ४० बोरा चामल, ५ बोरा दाल, ४ बोरा नुन र २० कार्टुन तेल रहेको सभापति खत्रीले बताए ।

‘लकडाउन भएको तिन हप्ता भइसक्यो, आम्दानीका स्रोत नहुने नागरिक जटिल अबस्थामा छन्’ खत्रीले भने ‘सानो सानो सहयोगले पनि उनिहरुको दैनिकी सहज बन्न सक्छ, हामीले नगरपालिका मार्फत सहयोग गरेका छौ, आशा छ चाडै यो सामान उनिहरु कहाँ पुग्नेछ ।’

सहयोग सामाग्री बुझ्दै मेयर पन्तले अहिले विपन्न र असहायको लगत संकलन अन्तिम चरणमा पुगेको र चाडै उनिहरुलाई सामाग्री वितरण गर्ने बताए ।

‘विपत्तिका बेला सबै मिलेर सामाना गर्नु जरुरी छ, हामी अहिले १४ वटै वडामा तथ्यांक संकलनका क्रममा छौ, भोली र पर्सिमा सबैका घरमा खाध्यान्न पुग्छ’ उनले थपे ‘हामीले ल्याएका सामाग्रीमा संघसंस्थाले दिएको खाध्यान्न थपेर वितरण गर्छौ ।’

नगरपालिकाले राहत वितरणलाई ब्यवस्थित बनाउन एकद्धार प्रणाली मार्फत वितरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार