• शुक्रबार, भाद्र २६ २०८३

गण्डकीमा सवारी कर विरुद्ध कडा आन्दोलन, आइतबारदेखि गाडी चलाउन बन्द


शनिबार, साउन २१ २०७९
600
Shares

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

पोखरा । यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको छ।

आन्दोलन स्वरुप महासंघले आगामी आइतबारदेखि गण्डकी प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ। यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने जनाएको हो।

महासंघले आफ्नो आन्दोलनमा निजी सवारी धनीसहित आम नागरिकको पनि समर्थन मागेको छ।

महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ। कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले उल्लेख गरे।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार