• शुक्रबार, भाद्र २६ २०८३

यारुबगर पहिरोमा घाइते भएका पुरुषकाे हेलिकोप्टरबाट उद्दार


शुक्रबार, साउन २० २०७९
935
Shares

गोरखा। जिल्लाको धार्चे १ यारुबगरमा पहिरोमा घाइते भएका पुरुषको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न सामग्री पुर्‍याएर फर्केका धार्चे ७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्।

फिलिममा खाद्यान्न सामग्री पुर्‍याएर खच्चड लिएर तल झर्दै गर्दा क्यान्टिलिभर पुल नजिककै माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएकाे हाे।

बिहान १० बजेतिर खच्चड लिएर यारुबगरमा हिँडिरहँदा माथिबाट खसेको ढुंगा लागेर टाउको,हात र खुट्टामा गम्भीर चोट लागेको नेपाली सेनाको सडक निर्माण कार्यदलका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले बताए।

गम्भीर घाइते भएका उनलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौं शिक्षण अस्पताल पुर्‍याइएको चुमनुब्री ३ जगतका विशाल हिमाली घलेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार