• शुक्रबार, भाद्र २६ २०८३

अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते


शुक्रबार, साउन २० २०७९
590
Shares

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। 

स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चारतले भवनमा आगलागी भएको हो। त्यस भवनको चौथो तलामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तलामा कार्यालयहरू छन्। 

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार