
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ७ सय रुपयाँले बढेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यस्तै,शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ।
आज चाँदी १ हजार २२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


