
गोरखा । लागु औषध मुद्दामा सजाया तोकिएका एक फरार अभियुक्त पक्राउ परेको छ ।
एक महिना कैद सजाया तोकिई फरार रहेका गोरखा नगरपालिका ६ का ४१ वर्षिय राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार शाहीलाई जिल्ला अदालत बुझाइएको र अदालतले कैद भुक्तानका लागि कारागार शाखा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।


