CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
गोरखा । यो बर्ष पश्चिमकाली मेला नहुने भएको छ ।
कोरोना भाइरसको जोखिम र लकडाउनको अवस्थालाई मध्यनजर गर्दै नयाँबर्षका दिन हुन लागेको १५ औं पश्चिमकाली मेला स्थगित गरिएको हो ।
‘अहिलेको अवस्था भनेको सचेत रहने, सावधानी अपनाउने बेला हो’ पश्चिमकाली तथा खड्गदेवी मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा मगरले भने ‘नयाँबर्षमा सधै हुने गरेको मेला यो बर्ष स्गथित गर्ने निर्णय गरो छौ ।’
त्यस्तै समितिले हरेक बर्ष पश्चिमकाली मन्दिरमा हुदै आएको निम पूजा भने नरोक्ने बताएको छ । तर पूजाका लागि समितिमा आवद्ध बाहेकलाई प्रतिवन्ध गरिने अध्यक्ष थापाले सिभिलखबरलाई बताए ।