• शुक्रबार, भाद्र २६ २०८३

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै


बिहिबार, साउन १९ २०७९
940
Shares

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार