• शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


बिहिबार, साउन १९ २०७९
1K
Shares

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ८ सय रुपयाँले बढेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २१० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार