• शनिबार, साउन ९ २०८३

श्रमजीवि र मजदुरलाई तत्काल राहत दिन ट्रेड युनियन गोरखाको माग


शुक्रबार, चैत्र २८ २०७६
1.2K
Shares

गोरखा । लकडाउनबाट प्रभावित बनेका श्रमजीवि तथा मजदुरलाई तत्काल राहत दिन नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति गोरखाले प्रशासन र स्थानीय तहसंग अनुरोध गरेको छ ।

बिहिबार युनियनका अध्यक्ष शरद श्रेष्ठले अनुरोध पत्र प्रकाशित गर्दै जिल्लामा रहेका मजदुर तथा विपन्नको लगत संकलन गरी तत्काल राहातका प्याकेज ल्याउन माग गरेका हुन ।

पत्रमा भनिएको छ ‘संगठित तथा असंगठित रुपमा काम गर्ने श्रमिकहरुको तथ्यांक संकलन गरी समस्या समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्छौ’

सरकारले केहि राहतका प्याकेजको घोषणा गरेपनि अझै प्रभावकारी रुपमा वितरण हुन नसकेको भन्दै युनियनले लक्षित वर्गको पहिचान गरी सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै युनियनले जिल्लामा बाहिरी जिल्लाका अझै केहि श्रमिक तथा मजदुरहरु अलपत्र रहेकाले तत्काल घर फर्काउने वातावरण मिलाउन प्रशासन र स्थानीय तहसंग माग गरेको छ ।

युनियनका अध्यक्ष श्रेष्ठद्धारा हस्ताक्षरित पत्रमा यो विपत्तिमा धैर्यता अपनाई सुरक्षित रुपमा रहन समेत सम्पूर्णमा अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार