• मंगलबार, साउन १२ २०८३

गोरखामा कोरोना संक्रमण बढेको बढ्यै, सक्रिय संक्रमितको संख्या ३५ पुग्यो


बिहिबार, साउन १९ २०७९
900
Shares

गोरखा । गोरखामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधबार ८ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार २३ जनाको पिसिआर परिक्षणमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा अस्पतालाम १ महिला र १ पुरुष गरी २ जनामा, पालुङटार नगरपालिका एक महिला र २ पुरुष गरी ३ जनामा, आरुघाट गाउपालिकामा २ पुरुषमा , अजिरकोट गाउपालिकामा १ पुरुष संक्रमण भएका छन ।

गोरखामा कोरोना संक्रिय सक्रमतिको संख्या ३५ पुगेको छ ।

गोरखा नगरपालिकामा ११ जना, पालुङटार नगरपालिका १० जना र भिमसेनथापा गाउँपालिकामा १ जना, शहिदलखन गाउँपालिकामा ५ जना, आरुघाट गाउपालिकामा ३ जना, भिमसेनथापा गाउँपालिकामा र सिरानचोक गाउँपालिकामा १/१ जनामा कोरोनाको संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार