• सोमबार, कार्तिक १० २०८३

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका एक युवक पक्राउ


बिहिबार, साउन १९ २०७९
860
Shares

गोरखा। काठमाडौंकाे भृकुटी चोकबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका एक युवक पक्राउ परेको छ ।

गोरखा चुमनुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा ग्याल्जेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ भृकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार ग्याल्जेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँसहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा खटेको प्रहरीले हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावालाई पक्राउ गरेको हो ।

पक्राउ परेका धावा नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन ।

उनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरीले थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार