
गोरखा। काठमाडौंकाे भृकुटी चोकबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका एक युवक पक्राउ परेको छ ।
गोरखा चुमनुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा ग्याल्जेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।


काठमाडौं महानगरपालिका–६ भृकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार ग्याल्जेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँसहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सादा पोसाकमा खटेको प्रहरीले हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावालाई पक्राउ गरेको हो ।
पक्राउ परेका धावा नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन ।
उनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरीले थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।


