• शनिबार, साउन ९ २०८३

मृतकको संख्या एक लाख नजिक, १६ लाख भन्दा बढीलाइ संक्रमण


शुक्रबार, चैत्र २८ २०७६
1.1K
Shares

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ७२ सय ३१ जनाको मृयु भएको वल्र्डओमिटरले जनाएको छ।

शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वभर ९५ हजार ६ सय ९० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १६ लाख ३ हजार ४३७ पुगेको छ।

बिहीबार एकैदिन ८४ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म ३ लाख ५६ हजार ४४० जना उपचारपछि निको भएका छन्।

बिहीबार सबैभन्दा धेरै अमेरिकामा १९ सयको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ९१ र संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार