• शुक्रबार, भाद्र २६ २०८३

लागुऔषध कारोबार गरेको आरोपमा उपत्यकाबाट २२ जना पक्राउ


बुधबार, साउन १८ २०७९
1.2K
Shares

काठमाडौं उपत्यकाबाट लागु औषध कारोबार गरेको आरोपमा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डाइलेक्स डिसी र खैरो हेरोइन सहित २२ जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले बताए । 

पक्राउ पर्नेमा ४ जना महिला छन् । ब्यूरोले १ हजार १८० बोतल डाइलेक्स डिसी र ४५९ ग्राम खैरो हेराइन बरामद गरेको छ ।

खैरो हेरोइन जोख्न प्रयोग गरिने ४ वटा तराजु पनि बरामद गरिएको एसएसपी खनालले बताए । सो लागु औषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार