• शुक्रबार, भाद्र २६ २०८३

मोटरसाइकल रुखमा ठोक्किँदा २ जनाको मृत्यु


बुधबार, साउन १८ २०७९
830
Shares

कपिलवस्तुको वाणगंगा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बाडगंगा–२, गोवडीहवामा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किएको हो। 

दुर्घटनामा वाणगंगा–२, कप्टैयाका २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका २७ वर्षीय गोपाल विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय (पिपरा) का प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। 

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको केसीले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार