
गोरखा। भिमसेन थापा गाउँपालिकाले डिजिटल प्रबिधी सूचना प्रणाली शुरु गरेको छ ।

पालिकाको वेवसाईटमा राखिएका सूचनाहरुलाई क्यूआर कोड जेनेरेट गरी मोबाईलबाटै स्क्यान गर्न र सूचना छिटो छरितो प्राप्त गर्ने माध्यम अपनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
डिजिटल प्रबिधीयुक्त सूचनाको लागी आ.ब. २०७९/०८० को बजेट तथा कार्यक्रमलाई क्यूआर कोडमार्फत स्क्यान गरेर हेर्न मिल्ने बनाईएको उनको भनाई छ ।


आफ्ना सूचनाहरु जनस्तरसम्म पुर्याउनका लागी डिजिटल प्रबिधि सूचना प्रणाली मार्फत सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । क्यूआर कोड स्क्यान गरी अब नागरिकले सिधै सूचना लिन सक्ने छन् ।
सूचना प्रबिधि अझ डिजिटल र छिटो छरितो प्राप्त गर्ने खालको हुनु पर्नेमा उनले जोड दिए । सूचना प्रबिधिमा भएका विकासक्रमलाई पालिकाले सक्दो प्रयोग गर्ने र जनस्तरसम्म पुर्याउने कुरामा कटिबद्ध भएको समेत उनले बताए ।
उनका अनुसार अब पालिकाले जारी गर्ने सूचनाहरु पालिको आधिकारीक वेबसाईट तथा आधिकारीक फेसबुक पेजबाट लिन सक्ने छ । अब छिटै पालिकाको एप बन्ने प्रकृयामा छ ।
एप निर्माण भएसँगै हरेक नागरिकले सबै जानकारी मोबाईलबाटै प्राप्त गर्ने पनि उनको दाबि छ । बिस्तारै अन्य सूचनाहरु पनि डिजिटल फम्र्याटमा प्रकाशन गरिने उनले बताए ।


