• शुक्रबार, भाद्र २६ २०८३

असोज १५ गतेदेखि क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान गर्ने


बुधबार, साउन १८ २०७९
585
Shares

हङकङको वायुसेवा कम्पनी क्याथे प्यासेफिक एयरवेजले हङकङ–काठमाडौं उडान गर्ने भएको छ। 

क्याथेले आगामी असोज १५ गते (अक्टोबर १ तारिख) बाट सातामा एउटा उडान गर्ने तयारी गरेको छ। यसका लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिसकेको छ।

हाल क्याथेले हङकङ–काठमाडौंमा कार्गो उडान गर्दै आएको छ। असोज १५ गतेबाट नियमित यात्रुवाहक उडान गर्न लागेको जनाएको छ।

क्याथेका बिक्री प्रमुख जुनु मालेकुकाअनुसार यो रुटमा ‘ए३३०–३००’ सिरिजको जहाजले उडान गर्नेछ।

काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्य पुग्न नेपाली तथा नेपालमा रहेका विदेशी यात्रुलाई काठमाडौं उडानले थप सहज बनाउने उनको भनाइ छ।

०७६ चैतमा कोभिड संक्रमण सुरू भएसँगै नेपाल सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन गरेपछि क्याथेले यात्रु उडान बन्द गर्दै मेडिकल कार्गो सुरू गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार