• शुक्रबार, भाद्र २६ २०८३

कक्षा ११ को विद्यार्थी भर्ना समय साउन मसान्तसम्म गर्न बाेर्डको निर्देशन


बुधबार, साउन १८ २०७९
9K
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ।

बुधबार एक सूचना जारी गर्दै एसइईको नतिजा साउन ११ मा प्रकाशित भएको र विद्यालय तथा क्याम्पसले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखेकाे विषयमा बाेर्डकाे गम्भीर ध्यानाकर्षण भएकाे बताएको छ।

‘शैक्षिक सत्र २०७९-८० का लागि कक्षा ११ का विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय-क्याम्पसहरुले फरक-फरक भर्ना तालिका छाेटाे समयकाे मात्र म्याद राखी सूचना प्रकाशन भएकाे हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएकाे भनी बाेर्डमा प्राप्त गुनासाका सम्बन्धमा बाेर्डकाे गम्भीर ध्यानाकर्षण भएकाे छ’- सूचनामा भनिएकाे छ।

सबै विद्यालय-क्याम्पसले एसईईकाे नतिजा प्रकाशित भएकाे न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म भर्ना लिने व्यवस्था मिलाउन बाेर्डले निर्देशन दिएकाे छ।

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षाबोर्डले मापदण्ड सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त हुनुपर्नेछ ।

कक्षा ११ मा विज्ञान र गणित विषयबाहेक अध्ययन गर्न चाहनेले सी प्लस प्राप्त नभए पनि भर्ना पाउने बोर्डले जनाएको छ । सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार