• शुक्रबार, भाद्र २६ २०८३

गण्डकी सवारी कर जरिवाना २० प्रतिशत लाग्ने निर्णय कार्यान्वयन आजबाट


बुधबार, साउन १८ २०७९
905
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

पोखरा । गण्डकी प्रदेशमा म्याद नाघेका सवारी साधनको कर र जरिवाना लिने कार्य बुधबार आजबाट पुनः सुरु हुने भएको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले मंगलबार सुचना जारी गर्दै रोकिएको उक्त कार्य बुधबारदेखि सुरु हुने जनाएको छ ।

जरिवाना बढि लिएको भन्दै जनस्तरबाट तीव्र आलोचना भएसँगै गत साउन ८ गते सेवा बन्द गरिएको थियो । गण्डकी प्रदेश सरकारको साउन ११ गतेको बैठकले जरिवाना कर घटाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार यातायात व्यवस्था ऐन, २०७६ को दफा १७६ को खण्ड (घ) को व्याख्यात्मक संशोधन भई प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।

सवारी करको जरिवाना स्वरुप साउन १ गतेदेखि आर्थिक वर्ष नाघ्दा २ सय प्रतिशत जरिवाना लिन थालिएको थियो । जसको विरोध भएसँगै प्रदेश सरकारले आर्थिक वर्ष नाघ्दा सवारी करमा २० प्रतिशत जरिवाना लगाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार